कावासोतीमा एकसिंगे गैडा मृत फेला, निकुञ्जमा पाटेबाघ मृत भेटिए




नवलपुरको कावावोती-१५मा रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनमा गैँडा मृत फेला परेको छ ।

प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उक्त गैँडाको खाग र खुर सुरक्षीत रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।




गैँडा मृत फेला परे पछि निकुञ्जको चिकित्सक सहितको प्राविधिक टोलि घटनास्थल तर्फ जादै गरेको तिवारीले बताए ।

चालु आर्थिक वर्षमा प्राकृतिक तथा चोरी शिकारीको कारणले २१ वटा गैँडा मरेका छ्न ।

निकुञ्जको कोर क्षेत्र भिमपुरमा पाटे बाघ मृत भेटिएको छ । निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्ती टोलीले मृत बाघ भेटेको उनले बताए। मृत बाघ र गैंडाको पोष्टमर्टम हुन बाँकी छ।



सम्बन्धित
Loading...