कावासोतीमा ६ बर्षीया छोरीमाथि जबरजस्ती गरेकोे आरोपमा झड्केलो बाउ पक्राउ
कावासोती । नवलपुरको कावासोतीमा ६ बर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नवलपुर प्रहरीले उनकै झड्केलो बुवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार २६ बर्षीय बुवाले ६ बर्षीया छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।
बालिकाको आमाले दिएको घरमा एक्लो अवस्थामा ललाइफकाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको हो ।
बालिकाको मेडिकल चेकअफ पछि बालिकालाई आमाको जिम्मामा छाडिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।