नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश अध्यक्षमा नवलपुरका राम ब्लाेन निर्विराेध




नवलपुर – नेपाल तामाङ घेदुङ गण्डकी (तमुवान मगरात) प्रदेशको दोस्रो अधिवेशनबाट रामबहादुर ब्लाेन प्रदेश अध्यक्षमा चयन भएका छन् ।

तनहूकाे भानु नगरपालिकामा भएकाे दाेस्राे अधिवेशनले राम बहादुर ब्लाेनकाे नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेकाे हाे ।




समितिकाे उपाध्यक्षमा कास्की राम बहादुर सिबु ब्लाेन, गार्खाकाे निरूता घ्लान तामाङ, लम्जुङ्गका जसपाल तामाङ निर्विराेध निर्वाचित भएकाे हाे ।

त्यसैगरी मुख्यसचिवमा लम्जुङका राम बहादुर बम्जन, सचिवमा कास्कीका मनिष तामाङ, काेषाध्यक्षमा गाेर्खाका धन बहादुर तामाङ र सदस्यहरूमा आशबहादुर वाईबा, लक्ष्मण दाेङ, सुनिता स्याङ्तान, कृष्णबहादुर तामाङ र प्रेम लाेप्सन निर्विराेध निर्वाचित भएकाे हाे ।

अध्यक्ष रामबहादुर ब्लाेन नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका निवर्तमान अध्यक्ष हुन्।



सम्बन्धित
Loading...