बैंकिङ अत्याचारको विरुद्ध कावासोतीको ज्योति विकास बैंक र एभरेष्ट बैंक अगाडि प्रदर्शन


नवलपुर । बैंकिङ अत्याचारको विरुद्ध कावासोतीमा प्रर्दशन भएको छ । कावासोती ८ नयाँ बजारमा रहेको ज्योति विकास बैंक अगाडि स्थानीयले प्रदर्शन गरेका हुन् ।



नागरिक बचाउ महाअभियानको नाममा कावासोतीको फलफूल चोकदेखि नयाँबजारको ज्योति विकास बैंक अगाडिसम्म नाराबाजी गर्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

नागरिक बचाउ महाअभियान नवलपुरका अध्यक्ष प्रदिप बस्नेत सूर्यको नेतृत्वमा रहेको समूहले प्रदर्शन गरेका हुन् ।



उनीहरुले सहकारी छानबिन आयोग गठन गर, एभरेष्ट बैंक मुर्दाबाद, ज्योती बिकास बैंक मुर्दाबाद, नितिगत भ्रष्टाचार बन्द गर, सन्दीप लामिछानेलाई न्याय दे, खुसिराम चौधरीलाई न्याय दे जस्ता नारा लगाएका थिए ।

एभरेष्ट बैंक र ज्योती बिकास बैंकको मानसिक यातनाका कारण आत्महत्या गरेका भनिएका खुसीराम चौधरीको सम्झनामा उनीहरुले ज्योति विकास बैंक अगाडि शोक सभा गरेका थिए ।

उनीहरुले कावासोती ३ मा रहेको एभरेष्ट बैंक अगाडि पनि प्रदर्शन गरेका थिए ।



सम्बन्धित
Loading...