होटल व्यवसायी संघ नवलपुरद्वारा ब्लड क्यान्सर होटल व्यवसायीलाई २ लाख बढी आर्थिक सहयोग




रामकुमार श्रेष्ठ –
नवलपुर । होटल व्यवसायी संघ नवलपुरले आज ब्लड क्यान्सर पीडित महिला होटल व्यवसायी पवित्रा वन्टाकी मगरलाई २ लाख बढी आर्थिक सहयोग गरेको छ ।

कावासोती २ मा कान्छा होटल सञ्चालन गर्दै आएका होटल व्यवसायी पवित्रा वन्टाकी मगरको टिचिङ्ग अस्पताल काठमाडौंमा उपचार भईरहेको छ । उनको उपचारमा ४५ लाख बढी खर्च भईसकेको र अहिले उपचारका लागि आर्थिक सहयोग जुटाउन गाह्रो भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।




होटल व्यवसायी संघ नवलपुरले आज पत्रकार सम्मेलन गरी आफूहरुले उठाएको २ लाख १ हजार ५ सय १७ रुपैयाँको चेक हस्तान्तरण गरेको होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष राना मगरले बताए ।

त्यसैगरी होटल व्यवसायी संघ हुप्सेकोट गाउँपालिकाले संकलन गरेको ४ हजार ७ सय रुपैयाँ पनि आजै हस्तान्तरण गरेको थियो । होटल व्यवसायी संघ नवलपुरले आर्थिक सकलन अझै जारी राखेको अध्यक्ष रानाले बताए ।

होटल व्यवसायी वन्टाकी मगरलाई गत बर्ष उपचारको क्रममा क्यान्सर देखिएको हो ।



सम्बन्धित
Loading...