नवलपुरमा सर्पदंशले दुई जना विरामी



नवलपुर । नवलपुरमा सर्पदंशका कारण दुई जना विरामी परेका छन् ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ सिद्रेमा ७ बर्षीय बालक प्रशंसा राना मगर सर्पको टोकाईबाट विरामी परेका छन् ।

उनलाई आफ्नै घर अगाडि गोरेटो बाटोमा सर्पले खुट्टामा टोकेको हो ।




उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी देवचुली नगरपालिका १० प्रगति टोलमा आज विहान सर्पको टोकाइबाट ५४ बर्षीय लक्ष्मीदेवी काफ्ले विरामी भएका छन् ।

उनलाई घरबाट बाहिर निस्कने क्रममा ढोका नजिकै सर्पले टोकेको थियो । उनको पनि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...