इन्डोनेशियामा चिसो लाभाको बाढी, ५२ जनाको मृत्यु




जर्कार्ता । इन्डोनेसियाको पश्चिमी सुमात्रामा चिसो लाभाका कारण ठुलो जनधनको क्षति भएको छ ।

इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट मेरापीबाट बगेको चिसो लाभाका कारण लाभाको बाढी नै आएको थियो । यसमा बाढीको पानी, माटो, वर्षा सबै मिसिएको थियो । जसका कारण पूरै इलाकामा हाहाकार भएको थियो ।




पश्चिमी सुमात्रामा चिसो लाभाको बाढीका कारण हालसम्म ५२ जनाको मृत्यु भएको छ । मृत्यु भएका धेरैको शव समेत फेला नपरेको बताइएको छ । ३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चिसो लाभाको बाढीले विनाश मच्चाएको छ ।

जनधनको ठुलो क्षति भएको छ । यस बाढीका कारण करिब २५० घर ध्वस्त भएका छन् । करिब २२५ हेक्टर जमिनमा समेत क्षति पुगेको छ कयौँ सडक र बाँधहरू पनि क्षतिग्रस्त भएका छन् ।



सम्बन्धित
Loading...