मसाज सेन्टरबाट ६ जना बालिकाको उद्दार
पोखरा । पोखरा लेकसाइडका मसाज सेन्टर (स्पा) बाट ६ बालिकाको उद्धार गरिएको छ । ५ वटा स्पामा अनुगमनका क्रममा ६ जना १८ वर्ष मुनीका बालिकाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको हो ।
बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने गरेको गुनासोपछि जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र शक्ति समूह नेपालले अनुगमन गरेको थियो ।
टोलीले सेन्टर पोइन्ट स्पा र न्यू भिजन स्पाबाट २/२ जना, हिमालय स्पा र पारामाउन्टबाट १/१ जना बालिकाको उद्धार गरेको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।