चितवनमा अज्ञात समूहले किसानका ५ सय केराका बोट काटे





पूर्वी चितवनमा अज्ञात समूहले करिब ५ सय केराका बोट काटेर नष्ट गरेको छ। रत्ननगर १२ का किसान कृष्ण रेग्मीको खैरहनी ३ मा रहेको केरा बगानमा पसेर अज्ञात समूहले केरा नष्ट हो ।

केरा उत्पादक संघ चितवनका महासचिव जनकराज पन्तका अनुसार २ लाख ५० हजार मुल्य बराबरको केरा नष्ट भएको बताए । ८ बिगाहा क्षेत्रफलमा गरिएको केरा खेती अज्ञात समूहले सुनियोजित ढंगले नष्ट गरेको पन्तले बताए ।


यसैबिच, चितवन केरा उत्पादक संघले विज्ञप्ती जारी गर्दै घटनाप्रति गंभिर ध्यानाकर्षण भएको भन्दै घटना प्रति घोर भर्त्सना गरेको छ । संघका अध्यक्ष माधव प्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा विगतमा पनि यस्ता घटना घटिरहेको र घटनामा संलग्न व्यक्तीलाई कार्बाही नगर्दा पटक पटक यस्ता घटना घटेको लेखिएको छ ।

नेपालमै बसि केरा खेतीको माध्यमबाट रोजगारीको सृजना गरी नेपाललाई केरामा आत्मनिर्भर बनाउन लागि परेका कृषकहरुलाई यस्ता व्यक्तिहरुबाट हतोत्साहित गर्ने र किसानलाई कृषि पेशाबाट पलायन गर्ने काम भएको विज्ञप्तामा उल्लेख गरिएको छ ।

संघले कृषि पेशालाई सम्मानित र सुरक्षित बनाउनका लागि यस्ता घटनामा संलग्न भएका अपराधिहरुको छिटो भन्दा छिटो खोजि गरी कडा भन्दा कडा कार्वाहि गरी पिडित किसानलाई सामाजिक सुरक्षाको अनुभुति गराई आवश्यक क्षतिपूर्तिको लागि माग गरेको छ ।



सम्बन्धित
Loading...