सूचनाको हक सम्बन्धी कावासोतीमा अन्तरक्रिया





रामकुमार श्रेष्ठ –
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज कावासोतीमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नवलपुरका सरकारी कार्यालयका सूचना अधिकारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा सहभागी पत्रकारहरुले नवलपुरका अधिकांश सरकारी कार्यालयबाट सूचनाको हक पाउनैबाट बन्चित हुनु परेको गुनासो गरेका थिए । कतिपय आफ्नै कार्यालयको गतिविधिको बारेमा समेत पूर्ण सूचना नलिने पनि कतिपय सूचना अधिकारीको रुपमा रहेको भन्दै आलोचना समेत भएको थियो ।

कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले नवलपुरमा पत्रकारहरुले सूचना नपाएको भनेर गुनासो गरेको घटना निक्कै कम रहेको बताएका थिए । उनले सूचना अधिकारीहरुलाई सूचनाको हक पत्रकारको हकमा मात्र नभएर आम नागरिकको हकमा पनि भएकोले सूचना अधिकारीहरुले जो सुकैले सूचना माग्नासाथ दिन मिल्ने सूचनाहरु तुरुन्त दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले सूचनाको हकको बारेमा सहजिकरण गरेका थिए । कार्यक्रममा सहभागी सूचना अधिकारीहरुले जिल्ला बाहिरबाट आउने पत्रकारहरुले विना सूचना प्रकाशन गरिएका विज्ञापनको विल र कार्यालयले तत्काल दिन नसक्ने सूचना माग गरेको सूचनाको हक सम्बन्धि निवेदन एकै पटक दिएर दुःख दिने गरेको गुनासो गरेका थिए ।



सम्बन्धित
Loading...