नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ
नवलपुर । नवलपुरमा लागुऔषध सहित २ जना दाजुभाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट ३ गिरुवारीका निवासी १७ बर्षीय दीपक कुमाल र २२ बर्षीय दया कुमाल लागुऔषध सहित पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट फेनेरागन ४८ एम्पुल, आइपिपिएल ४८ एम्पुल र डाइजापाम ४८ एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
दया कुमालले लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपुर र प्रहरी चौकी हुप्सेकोटको टोलीले उनको घरमा गई खान तलासी गर्दा लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।