नवलपुरमा रुखले च्यापेर मानिसको मृत्यु




नवलपुर । नवलपुरमा घाँस काट्ने क्रममा रुखले च्यापेर एक जना मानिसको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको बुलिङटार गाउँपालिका ५ आमडाडा ६०/६२ बर्षीय पुरुष बिष्णु प्रसाद कुवरको निधन भएको हो ।




घरमा एक्लै बस्ने अविवाहित कुवर हिजो घाँस काट्न गएकोमा आज घाँस दाउरा गर्न जानेहरुले उनलाई मृत देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।



सम्बन्धित
Loading...