कावासोतीको समता शिक्षा निकेतन नयाँ भवनमा
कावासोती । कावासोतीमा विगत १० बर्षदेखि शिक्षा क्षेत्रमा सेवा दिंदै आएको समता शिक्षा निकेतन नयाँ भवनमा सर्ने भएको छ ।
कावासोती २ देवी चोकबाट पूर्वतर्फ नयाँ भवन निमाृण भएको र सोमबारबाट नयाँ भवनमा पठनपाठन शुरु हुने समताका प्रिन्सिपल महेश कुमार भुर्तेलले जानकारी दिए ।
उनका अनुसार भवन निर्माणमा अहिलेसम्म ६४ लाख खर्च भएको छ भने भवन पूर्ण रुपमा सम्पन्न गर्दा १ करोडको हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको छ ।
पुराना भवन रहेको ठाउँमा सम्झौता अवधि सकिएपछि नयाँ भवनमा समता स्थानान्तरण गरिएको हो ।
कावासोतीको समतामा अहिले ७९२ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । अहिले २३ वटा कोठा निर्माण गरिएको छ ।
भवन निर्माणका लागि स्थानीय अभिभावकहरुको सहयोग र आन्तरिक आम्दानीबाट बचत भएको रकम प्रयोग गरिएको र भवन निर्माणका लागि आधा आधी रकम अझै बाँकी नै रहेकोले सहयोग उठाउने क्रम जारी रहेको भुर्तेलले बताए ।