नवलपुरमा जग्गा विवादमा कुटपिट हुँदा १ जना गम्भीर घाइते, ४ जना पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ४ सातपत्रेमा आज जग्गाको विषयलाई लिएर भएको विवादमा कुटपिट हुँदा एक जना महिला गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको मध्यविन्दु ५ सातपत्रे निवासी ६८ बर्षीय महिला मिना गिरी गम्भीर घाइते भएकी हुन् ।
उनको टाउकेमा चोट लागेको छ । उनलाई ४ जना महिलाहरुले टाउकोमा ढुंगाले प्रहार गरी घाइते बनाएका हुन् ।
प्रहरीले कुटपिटमा सम्लग्न मध्यविन्दु ४ सातपत्रे निवासी ४७ बर्षीया बसन्ती केसी, २५ बर्षीया बिमला खत्री, २६ बर्षीया लक्ष्मी खत्री र २८ बर्षीया सीता खत्री लाई पक्राउ गरेको छ ।
घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामानय उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल भरतपुर पठाइएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।