इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पार्‍यो




तेहरान । इरानी राष्ट्रपति इब्राहिम राईसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको सम्भावित स्थान पत्ता लगाएको छ ।

समाचार एजेन्सी अनादोलुका अनुसार टर्कीले राष्ट्रपति राईसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो।




एजेन्सीले जारी गरेको ड्रोन फुटेजमा राति पहाडमा कालो दाग देखिन्छ । एजेन्सीका अनुसार फुटेजबाट प्राप्त जानकारी इरानी अधिकारीहरूसँग साझा गरिएको छ।

आइतबार इरानी राष्ट्रपति इब्राहिम राईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाह्यान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति राईसी र विदेशमन्त्री हेलिकप्टरमा सवार भएको पुष्टि गरेका छन् । राष्ट्रपति राईसीको खोजीमा आइतबारदेखि व्यापक अपरेशन चलिरहेको छ ।



सम्बन्धित
Loading...