नवलपुरमा सर्पदंशबाट १ जना महिला विरामी
नवलपुर । नवलपुरमा सर्पको टोकाइबाट एक जना महिला विरामी परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १४ कोटटाँडी निवासी ३७ बर्षीया महिला राधा महतो विरामी परेकी हुन् ।
महतोलाई आफ्नै खेतमा धानमा पानी लगाउन जाने क्रममा सर्पले दाहिने खुट्टामा टोकेको हो ।
उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । विरामीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।