बन्चरेडाँडामा फोहोर बोकेका गाडीमा फेरि अवरोध




काठमाडौं । काठमाडौं महानगरपालिकासहित उपत्यकका स्थानीय तहबाट फोहोर बोकेर बन्चरेडाँडा गएका सवारीसाधनमा स्थानीयले फेरि अवरोध गरेका छन् ।

बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै आइतबारदेखि आन्दोलन गरेपछि फोहोर बोकेका सवारीसाधनहरू रोकिएका हुन् ।




‘हाम्रो मात्रै ६०–७० वटा फोहोर बोकेका सवारी साधन रोकिएका छन् । अन्य स्थानीय तहहरूको समेत गरी ३ सयभन्दा बढी गाडीहरू रोकिएका छन् । हिजोदेखि फोहोर जान नपाएपछि काठमाडौंका सडकमा पार्किङ गर्न परिरहेको छ,’ काठमाडौं महानगर मेयरका प्रमुख स्वकीय सचिव भुपदेव साहले भने ।



सम्बन्धित
Loading...