गैडाकोटमा बारुलाले चिल्दा विरामी
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सीमा बारुलाले चिलेर गैडाकोट ९ थुम्सी निवासी ४५ बर्षीय गणेशबहादुर नेवार विरामी भएका छन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार थुम्सी जंगलमा बाख्रा चराउन जाने क्रममा आज साँझ ५ बजेतिर उनलाई बारुलाले चिलेको हो ।
उनको अवस्था मध्यम रहेको र उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।