नवलपरासीमा ट्याक्टर दुर्घटनामा एक जनाको निधन, एक जना घाइते




रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ बिगेट स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको निधन भएको छ भने १ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार कुडियाबाट रतनगञ्जतर्फ जाँदै गरेको लु ३ त २८४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बाटो छेउमा पल्टिएको हो ।




पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ तरेनी निवासी सुरेन्द्र कंकरको मृत्यु भएको हो । उनको उपचारको क्रममा पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा उपचारको क्रममा निधन भएको हो ।

त्यसैगरी दुर्घछनामा परी सुस्ता गाउँपालिका ४ नर्सही निवासी २१ बर्षीय सुकई मल्लाह घाइते भएका छन् । उनको भैरहवा मेडिकल कलेज भैरहवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी रमेश बोहराले जानकारी दिए ।



सम्बन्धित
Loading...