साढे ७ किलो गाँजा सहित नवलपुरमा १ जना पक्राउ




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा साढे ७ किलो ग्राम गाँजा सहित १ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज देवचुली नगरपालिका १७ पिप्रहरबाट ३८ बर्षीय कुलबहादुर खोजबरलाई उनकै घरबाट साढे सात किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।



विशेष सुचनाको आधारमा उनको घर खाँनतलासी गर्ने क्रममा उक्त परिणाममा गाँजा पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रहजरको सहयोगमा पक्राउ गरिएका खोजबारलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।



सम्बन्धित
Loading...