बिरामी परे साउदी अरबका राजा सलमान

रियाद । साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज अल साउद बिरामी परेका छन् । ८८ वर्षीय सलमान कयौँ दिनदेखि फोक्सोसँग सम्बन्धित रोगबाट ग्रस्त छन् । सलमानको फोक्सोमा सङ्क्रमण भएको र उनको स्वास्थ्य अवस्था बिग्रिँदै गइरहेको बताइएको छ ।
जेद्दाहस्थित एक अस्पतालमा उनको उपचार भइरहेको छ । राजा बिरामी भएपछि साउदी राजकुमार मोहम्मद बिन सुल्तानले टोकियोको भ्रमण पछाडि सारेका छन् ।
यही मोहम्मद एक प्रतिनिधि मन्डलसहित चीन जाँदै थिए । सो प्रतिनिधिमण्डल मोहम्द बिनै चीन जान लागेको छ । तत्कालीन राजा अब्दुल्लाहको मृत्युपछि सन् २०१५ मा ७९ वर्षका सलमान राजा बनेका थिए ।