नारायणगढ मुग्लिन सडक बाटो विस्तारको क्रममा पहिरो खसेर एक्साभेटर चालकको मृत्यु




चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको ३ नम्बर खोला पुल नजिकै बाटो विस्तारको क्रममा पहिरो खसेर पुरिंदा एक्साभेटर चालकको मृत्यु भएको छ ।

चितवनको ईच्छाकामना गा।पा। ५ मुग्लिङ नारायणगढ सडक खण्डको ३ नम्बर पुलमा पुलको लागि पहाड काट्ने क्रममा स्काभेटरले काम गरिरहँदा पहिरो खसेको हो ।




आइतबार बिहान ९ बजे बा २ क ६८५१ नम्बरको स्काभेटर माथि ढुंगासहितको पहिरो खस्दा बर्दिया गेडुवा गाउँपालिका वडा नम्वर ४ घर भएका ३८ बर्षिय मंगल चौधरीको मृत्यु भएको हो ।

गम्भीर घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार एक्साभेटर पुरिएको छ । त्यसैगरी ना ६ ख १५११ नम्बरको ट्रकमा समेत क्षति पुगेको छ ।

पहिरोले केही बेर सडक अवरुद्ध भए पनि अहिले पनि यातायात सञ्चालनमा आएको छ ।



सम्बन्धित
Loading...