मध्यविन्दुमा लागुऔषध सहित १ जना पक्राउ




नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसा निवासी २७ बर्षीय अशोक महतोलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।

उनकै घरमा लागुऔषध लुकाइ राखेको छ भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।



उनको साथबाट प्रहरीले डाइजोपाम २३ एम्पुल, फेनरागन २३ एम्पुल र आइपीपीएल २३ एम्पुल बरामद गरेको छ ।

प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।



सम्बन्धित
Loading...