नवलपरासीमा भालुको आक्रमणबाट महिला घाइते
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा जंगली जनवार भालुको आक्रमणमा परी १ जना महिला घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार भालुको आक्रमणबाट बर्दघाट नगरपालिका २ संसारकोट बस्ने ओमबहादुर खाम्चाकी श्रीमती २५ बर्षीया महिला खिममाया खाम्चा घाइते भएका हुन् ।
उनको अनुसारमा चोट लागेको छ । उनी आफ्नो घर देखि २ किलोमिटर पूर्वतर्फ रहेको जंगलमा निउरो टिप्ना जाँदा आज दिउँसो साढे १ बजेतिर अचानक भालुले आक्रमण गरेको हो ।
घाइते खिममायाको चिसापानी अस्पताल चिसापानी बर्दघाटमा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।