कावासोतीमा झ्यालको चौकसले च्यापी बालकको निधन

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा निर्माणाधिन घरमा झ्यालको चौकसले च्यापी एक जना बालकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती ३ गणेशटोली निवासी विष्णुमाया गेलानको ८ बर्षीय छोरा इशान गेलानको निधन भएको हो ।
आफ्नो घर नजिकै निर्माणाधिन विनिता भट्टराईको घरभित्र खेल्ने क्रममा घर भित्र ठड्याएर राखेको झ्यालको चौकसी ढली बालक च्यापिएका थिए ।
च्यापिएर गम्भीर घाइते भएका बालकको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको हो ।
घटनाको अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।