चितवनमा बाघको आक्रमणबाट एक जना घाइते




चितवन । चितवनको माडी नगरपालिका वडा नं–८ स्थित बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

माडी–८ बस्ने ४५ वर्षीय भक्तबहादुर थापा जङ्गलमा भैँसी चराउने क्रममा बाघको आक्रमणमा परी घाइते भएको हो ।




घाइते थापाको स्थानीय बघौडा अस्पताल माडीमा सामान्य उपचारपश्चात् भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी आज नै नवलपुरको तम्सरिया ६ भण्डारा निवासी ४६ बर्षीय खोरबहादुर थारु गोहीको आक्रमणबाट घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु ६ उल्टिखोलामा भैसी चराउने क्रममा उनलाई अचानक गोहीले आक्रमण गरेको हो ।



सम्बन्धित
Loading...