मध्यविन्दुमा गोहीको आक्रमणबाट बालक घाइते




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १५ पर्सौनी निवासी सालु थारुको १३ बर्षीय छोरा आयुष थारु गोहीको आक्रमणमा परी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज साँझ खेतमा धानको विउ (ब्याड) राख्न जाने क्रममा गोहीले आक्रमण गरेको हो ।




उनको दाहिने खुट्टाका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

गोहीको आक्रमणबाट घाइते भएको बालकको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।

हिजो पनि गोहीको आक्रमणबाट नवलपुरको मध्यविन्दु ६ भण्डारा निवासी ४६ बर्षीय खोरबहादुर थारु घाइते भएका थिए ।



सम्बन्धित
Loading...