चन्द्रमाको सुदूर हिस्सामा चीनको अन्तरिक्ष यान अवतरण





बेइजिङ । चीनको मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा हिस्सामा अवतरण भएको छ । यान अवतरण भएको हिस्सामा यसअघि कुनै यान नपुगेको र त्यहाँ जान कसैले प्रयास पनि नगरेको बताइएको छ । चाङ’इ ६ यान बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भइएको चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए)ले एक विज्ञप्तिमा भनेको छ ।

चीनले मे ३ यो यान पठाएको थियो । यस अभियानमा चीनले चन्द्रमाको यस भागबाट चट्टान र माटो सङ्कलन गरी पृथ्वीमा ल्याउन खोजेको छ ।


यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू सङ्कलन गर्न सक्ने बताइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित एउटा ठुलो क्रेटरमा यान अवतरित भएको बताइएको छ ।

चन्द्रमाको सो हिस्सामा यान पुगेपछि सम्पर्क स्थापित गर्न गाह्रो हुने भएकोले अवतरण निकै कठिन थियो । सो हिस्सामा यस अघि पनि चीन मात्रै पुगेको छ । चीनले सन् २०१९ मा पहिलो पटक चाङ’ई–४ लाई त्यहाँ अवतरित गरेको थियो । अन्य देशहरूले सो हिस्सामा जाने प्रयास गरेका छैनन् ।



सम्बन्धित
Loading...