नवलपुरमा ५ सय ५२ जनालाई क्षयरोग





स्थानीयतह स्तरीय क्षयरोग , एचआईभी तथा औलोरोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम नवलपुरमा भएको छ ।
नवलपुरको कावासोतीमा स्वास्थ्य कार्यालय नवलपुर , गण्डकी प्रदेस स्वास्थ्य निर्देशनालय र सेभ द चिल्ड्रेनको आयोजनामा सरोकारवाला सङ्ग अन्तरक्रिया कार्यक्रम गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शैलेन्द्र कुमार शिहको अध्यक्षयतामा नवलपुरका आठैवटा पालिकाका स्वास्थ्य प्रमुख , र जनप्रतिनिधिलाई पछिल्लो अबस्थामा नवलपुर र गण्डकी प्रदेसमा क्षयरोग एचआईभी र औलोरोगको अबस्थाको बारेमा जानकारी गराईएको थियो ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेसका प्रतिनिधि राजेन्द्र कुमार यादबले क्षयरोग र सेभ द चिल्ड्रेनका प्रतिनिधि प्रज्वल पौडेलले एचआईभी को अबस्थाको बारेमा जानकारी गराएका थिय । स्वास्थ्यकार्यालयका कार्याक्रम संयोजक डिल्ली तिवारीले सहजीकरण गरेको कार्यक्रममा पछिल्लो समयमा नवलपुर लगायत गण्डकी प्रदेसमा नै क्षयरोगका बिरामी अत्याधिक बढी फेला परेकोले पनि यसको असर अझै बढी देखा पर्ने हुदा सचेत रहन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी , बिनयी त्रिबेणि गाउपालिका अध्यक्ष घनश्याम गिरि , देबचुली नगरपालिकाका उपप्रमुख पार्बता तिवारी , हुप्सेकोट गाउपालिकाका उपाध्यक्ष पुर्ण सिह राना लगाएत सरोकारवालाको उपस्तिथि रहेको थियो । नवलपुरमा पछिल्लो समयमा यो आर्थिक बर्षमा ५ सय ५२ जनालाई क्षयरोग देखापरेको जानकारी गराइएको थियो ।



सम्बन्धित
Loading...