तीन जना एसपीको सरुवा, पश्चिम नवलपरासीका प्रमुख फेरिए
काठमाडौँ । नेपाल प्रहरीका ३ जना प्रहरी उपरीक्षकहरुको सरुवा भएको छ । पश्चिम नवलपरासीमा एसपी ज्ञानेन्द्र प्रसाद फुयाललाई पठाइएको छ ।
पश्चिम नवलपसारीमा कार्यरत काजीकुमार आचार्यलाई उपत्यका अपराध अनुसन्धान कार्यायमा सरुवा गरिएको छ ।
हरिहरनाथ योगीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरिएको छ ।
उनी धनुषास्थित मधेश प्रदेश प्रहरी गणमा कार्यरत थिए । प्रहरी महानिरीक्षकको निर्णयअनुसार प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।