गिटी चोर्दै गरेका चाइना स्टेट कम्पनीका ३ वटा टिप्पर र एउटा जेसिबी नियन्त्रणमा




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रुपमा गिटी चोर्दै गरेको चाइना स्टेट कम्पनीको ३ वटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ डण्डामा रहेको केरुङ्गे खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ३ वटा टिपर र एउटा जेसिबीलाई नियन्त्रणमा लिएको हो ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्रहरीले लु १ अ यो ३२, लु १ अ यो २६ र ना ६ ख ६७३५ नम्बरको टिपर र बा ३ क ८०२६ नम्बरको जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको टिपर र जेसिबीलाई प्रहरी चौकी डण्डामा राखिएको छ । केही दिनदेखि चाइना स्टेट कम्पनीले केरुङ्गे खोलामा दोहन गरिरहेको थियो ।



सम्बन्धित
Loading...