प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने




काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।

बैठकपछि जानकारी दिदै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन चार दिनदेखिको छलफलमा अहिलेको गठबन्धनलाई नै गाडी बढाउने बताइरहेको र बाहिर कांग्रेससँग सहमति गरेको आरोप लगाएका छन् ।



माओवादी केन्द्रले संसदको सामना गर्ने निर्णय गरेको बताउदै रास्वपासहितका अन्य दलहरुसँग छलफल गर्ने बताए ।



सम्बन्धित
Loading...