नवलपुर सहित देशका ३१ स्थानमा भारी वर्षा, नारायणी र बाग्मतीको जल सहत बढ्यो




गए रातीदेखि देशका ३१ स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।

विभागका अनुसार ती क्षेत्रमा खोला तथा नदीमा भीषण बाढी आउँदा चेतावनी जारी गरिएको छ । प्युठानको मारी नदी, बिजुवाटार, हंशपुर, बाँकेको पश्चिम राप्तीको कुसुम, गुल्मीको रुद्रबेनी, बडीगाड, पाल्पाको कुमालगाउँ, गैडाकोट, बल्ड्याङगढी, जाल्पा, अर्चले, दाङको घोराई, सुखाबरे, रातामाटा, गंगढी, लमही, बागसोती पर्वतको कार्कीनेटा, नवलपुरको डण्डा, कावासोती, देउराली, अर्घाखाँचीको सन्धीखर्क, स्याङ्झाको पञ्चमुल, मलुङ्गा, लमजुङको कुन्छा, राइनासटार, ललितपरको लेले, पर्साको मुडुली पर्सा, अर्घाखाँचीमा भीषण वर्षा भइरहेको छ ।



यीबाहेक दाङ, पाल्पा, बाँके, स्याङ्जाका विभिन्न स्थानमा भारी वर्षा भएको भन्दै जल तथा मौसम विभागले सतर्कता जारी गरेको छ ।

ठुला नदीहरू तर्फ नारायणी र बागमतीमा बाढीको जल सतह बढेको छ । लमजुङको विमल नगरमा मर्स्याङ्दी नदीमा १० मिटर बढी जल सतह बढेको छ । यता देवघाटमा नारायणी नदीले झन्डै ८ मिटर जल सतह बढेको छ ।



सम्बन्धित
Loading...