बाढीले कावासोती र गैडाकोट डुबान
रामकुमार श्रेष्ठ –
नवलपुर । गएराति देखि आएको भारी बर्षाका कारण कावासोती र गैडाकोट डुबानमा परेको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार नवलपुरको गैडाकोट २ बोटे टोलमा नारायणी नदीको बाढी पसी २०/२५ घर डुबानमा परेको छ ।
उक्त क्षेत्रमा डुबानमा परेको स्थानमा बसोबास गर्ने मानिसहरु, पशुचौपाया र अन्नपातहरु स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको सहयोगमा टोल सुधार समितिको ट्रस्ट र आफन्तको घरमा स्थानान्तरण गरिएको छ ।
त्यसैगरी कावासोती १० रतौलमा पनि ५ घर डुबानमा परेको छ । यहाँ ५ घर मुसहरहरु डुबानमा परेको हो ।
त्यसैगरी ७ विगाहा जमिन पनि डुबानमा परेको स्थानीयले जनाएका छन् ।
यता केरुङ्गे खोलामा आएको बाढी गाउँ पस्दा हुप्सेकोट ४ मा करिब २५ विगाहा जमिन डुबानमा परेको ्रजिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । उनका अनुसार हुप्सेकोटमा जेसिबी लगाएर बाढी पसेको स्थानमा बाँध लगाउन खोज्दा जेसिबी पनि बगाउने स्थिति आएर
त्यसैगरी कावासोती ११ मा पनि बाढीका कारण ५ विगाहा धान खेती डुबानमा परेको छ ।