दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाई बेपत्ता




रामकुमार श्रेष्ठ –
नवलपरासी । नारायणी नदीमा बगाई ल्याएको दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाएर एक जना वेपत्ता भएका छन् ।

आज साँझ पौने ५ बजेतिर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सकरदिनई बस्ने राम केवल चमारको छोरा ३३ बर्षीय अर्जुन चमार नारायणी नदीमा वेपत्ता भएका हुन् ।




जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार नारायणी नदीमा दाउरा टिप्ने क्रममा उनी अचानक नारायणी नदीमा वेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

नारायणी नदीमा बाढी आएसँगै आएका काठदाउरा निकाल्न नवलपरासीको त्रिवेणी आसपासका क्षेत्रमा स्थानीयहरुको व्यापक घुइचो लाग्ने गर्दछ ।

नारायणी नदीमा देवघाट क्षेत्रमा अझै पनि पानीको सतह खतरा तह भन्दा माथि रहेको छ ।



सम्बन्धित
Loading...