बाढी पहिरो अपडेट: १० जनाको मृत्यु, ७ जना बेपत्ता, ४५ स्थानका सडक अवरुद्ध




दुई दिनदेखि लगातार पिररहेकाे मुसलधारे वर्षाका कारण विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति बढ्न थालेको छ । बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म १० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

स्याङ्जामा तीनजना, पर्वतमा दुई, तनहुँमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको प्रहरी प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्का कारण अन्य ६ जना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् ।



त्यस्तै, नारायणी नदीले बगाउँदा नवलपरासीमा एक युवक बेपत्ता भएका छन् । नवलपरासीको सुस्ता गाउँपालिकाका ३३ वर्षीय अर्जुन चमार दाउरा टिप्न जाँदा नारायणी नदीमा बगेर बेपत्ता भएका हुन् ।

बाढीका कारण मुलुकभरका ४५ भन्दा सडकमा आवागमन अवरुद्ध भएका छन् । वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ ।

कोशी नारायणी, महाकालीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खहरे खोला पनि उर्लिएका छन् । गृहमन्त्रालयले तीनवटै सुरक्षा निकायलाई हाईअलर्टमा रहन निर्देशन दिएको छ ।



सम्बन्धित
Loading...