कारागार कार्यालय परासीका प्रशाशक दत्त घुस रकमसहित अख्तियारको नियन्त्रणमा




नवलपरासी,२३ असार । कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित नियन्त्रणमा लिएकाे छ ।

सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले आज दत्तलाई नियन्त्रणमा लिएको हो ।




अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार दत्तलाई सेवाग्राहीबाट रु एक लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको पचास हजार रुपैयाँ सहित कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेको कारागार प्रशासकको निवासबाट आज नियन्त्रणमा लिईएको हो ।

पक्राउ परेका दत्त विरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



सम्बन्धित
Loading...