कावासोतीमा सर्पले डसेर एक जना महिला विरामी
नवलपुर । नवलपुरको कावासोतीमा सर्पले डसेर एक जना महिला विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १७ गोछडा निवासी ८३ बर्षीया महिला दुर्गीकुमारी सुवेदीलाई घरै बसिरहेको अवस्थामा आज साँझ सर्पले डसेको हो ।
उनको अवस्था गम्भीर र अचेत रहेको छ । उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवन रिफर गरिएको छ ।