नवलपुरमा ४ दिन पछि खुल्यो कालीगण्डकी करिडोरको अवरुद्ध सडक
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कालीगण्डकी करिडोर अन्तरगत गैडाकोट नगरपालिका ३ तरंगे खोलामा अवरुद्ध सडक ४ दिन पछि खुलेको छ ।
खोलामा आएको बाढीका कारण ह्युम पाइप बगाएपछि ४ दिनदेखि नवलपुर पाल्पा जोड्ने कालीगण्डकी करिडोर सडक बन्द रहेको थियो ।
खोलामा ह्युमपाइप लगाएपछि अवरुद्ध सडक आज साँझबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
यता हुप्सेकोट ५ पाङग्रेमा अवरुद्ध दलदले डेढगाउँ सडक अझै खुल्न सकेको छैन । यो सडक अवरुद्ध भएको ४ दिन भएको छ ।