कावासोतीमा १५ सय भनेर १२ सय इट्टा विक्री, भन्सार समेत छली (भिडियो सहित)
कावासोती ।
होसियार तपाई नयाँ घर बनाउँदै हुनुहन्छ । बन्दै गरेको नयाँ घरमा तपाई कतै ठगिनु त भएको छैन । घर बनाउँदा नचिनेको मान्छेलाई झट्ट विश्वास नगर्नुहोस । तपाईले विश्वास गरेको मान्छेले तपाईको सोझो पनको फाइदा उठाएर तपाईलाई नै ठगेको हुन सक्छ ।
कावासोतीमा एउटा यस्तो घटना बाहिर आएको छ । जुन हामी जो कोहीलाई पनि पर्न सक्छ । तनहुको भिमादबाट नवलपुरको कावासोती ८ मा घर बनाउन आएका राकेश श्रेष्ठलाई पनि यस्तै छ । उनले घर बनाउने क्रममा ठेक्का दिएका ठेकदारको भर पर्दा उनी ठगिन पुगेका छन् । ठेकेदारले रौतहटका एक जना इट्टा व्यापारी मार्फत इट्टा मगाएका थिए । नचिनेका र टाढाको व्यापारीसँग समान ल्याउँदा यसरी ठगिन सकिन्छ भन्ने यो घटना गतिलो उद्दाहरण भएको छ ।
करिब ११ हजार इट्टा भएर घर बनाउन पुग्ने घरलाई ठेकेदारले १८ हजार इट्टा ल्याउन पठाए । उनले तत्काललाई १५ हजार ३ सय ५५ वटा इट्टा मगाए । त्यो पनि १ नम्बरको । उनै ठेकेदारले चिनेजानेको मान्छे मार्फत । ठेकेदारले बीचमा कमिसन खाएर इट्टा मगाएको खुलेको छ ।
१ नम्बरको इट्टा भनेर मिठा पाक सहितका काँचा इट्टाहरु र १५ हजार ३ सय ५५ वटा इट्टा भनेर पुगनपुग १२ हजार इट्टा मात्र झार्देको पाइएको छ । त्यो पनि पुरा पैसा लिए ।
आफूहरु ठगिएको थापा पाएपछि राकेश श्रेष्ठले जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएका छन् । प्रहरीमा उजुरी दिएको थापा पाएपछि ठेकेदार र इट्टा ल्याइदिने डिपोका सञ्चालक फरार रहेका छन् । रौतहट घर भएका विरेन्द्र सहानीले नवलपुरको अमरापुरीमा लक्ष्मी इट्टा डिपो सञ्चालनमा ल्याएका थिए । उनले रौतहटबाट इट्टा ल्याएर सोधैं राकेश श्रेष्ठको घरमा झारेका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले अहिले इट्टा ल्याएका ट्रक र इट्टा जफत गरेर राखेको छ । प्रहरीमा उजुरी परेपछि इट्टा ल्याइदिने विरेन्द्र सहानी अहिले सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । उनले कावासोतीमा अन्य स्थानीयालाई पनि ठेगेको हुन सक्ने अनुमान गरिएको छ ।