जिल्ला समन्वय समिति नवलपुरको सातौं सभा

रामकुमार श्रेष्ठ –
नवलपुर । जिल्ला समन्वय समिति नवलपुरको सातौं सभा आज कावासोती भएको छ ।
जिल्ला समन्वय समिति नवलपुरको सभा हलमा भएको सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभा सदस्य एवम पूर्व मन्त्री रोशनबहादुर गाहाले कानुनी जटिलताका कारण नवलपुर जिल्लालाई अझै नवलपुर नामाकरण गर्न नसकिएको बताए ।
गाहाले भने संसदमा नाम पास हुनु ठूलो कुरा होइन भई हाल्छ तर कानुनी जटिलता धेरै रैछ । मिलाउनै गाह्रो छ । गाहाले स्थानीय सरकारलाई अधिकार सम्पन्न सरकार भनिए पनि प्रदेश र केन्द्रले अंकुस लगाएको समेत बताए ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी, देवचुली नगरपालिकाका नगरप्रमुख हरि न्यौपाने, कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसाल, विनयी त्रिवेणी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी, ले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले स्थानीय तहको मुख्य आम्दानीको स्रोत खोला भए पनि खोला ठेक्कामा लगाउन निक्कै जटिल भएको कारण नगरपालिकाको आम्दानी भनेजस्तो हुन नसकेको बताएका थिए । त्यसैगरी पूर्वपश्चिम राजमार्गको समस्या प्रमुख चुनौती भएको पनि बताएका थिए ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकको अध्यक्षतामा भएको कार्यक्रममा नवलपुरका नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरु, जिल्ला समन्वय समिति नवलपुरका उपप्रमुख एवम सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकले जिल्ला विकास समिति नवलपुरले आर्थिक बर्ष ०७९।०८० गरेका कामका विवरणहरु सार्वजनिक गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका उपप्रमुख शकुन्तला लम्सालले शुभकामना मन्तव्य राखेका थिए । सभाले नवलपुर जिल्लाको नाम नवलपुर कायम गर्नका लागि डेलिकेशन जाने लगायतका निर्णयहरु पास गरेको छ ।





