राष्ट्रपतिद्वारा धारा ७६ (२) अनुसार सरकार गठनको आव्हान, ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आव्हान गरेका छन् ।
संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २ वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यबाट आइतबार साँझ ५ बजेसम्म दावी पेश गर्न राष्ट्रपतिले आव्हान गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिबाट संविधानको धारा ७६ (३) अनुसार सरकार गठनको लागि आव्हान गर्ने अपेक्षा गरिएको भए पनि राष्ट्रपति धारा ७६ (२) अनुसार आव्हान गरेपछि नेकपा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस–एमालेको तयारी
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितका दलले तयारी गरेका छन् ।