नवलपुरको गैडाकोट नारायणी नदी किनारमा थप एक जनाको शव फेला

रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको गैडाकोट ७ गैरी स्थित नारायणी नदीको बीच टापुमा थप एक जनाको शव फेला परेको छ ।
उक्त शव त्रिशुलीमा खसेका दुई वटा बस मध्येको भएको हुन सक्ने आशंका गरिएको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनेसार बालुवाले पुरि ढाड मात्र देखिएको अवस्थामा एक जना पुरुषको शव फेला परिएको हो ।
शवको मुचुल्का तयार पार्ने काम भईरहेको प्रहरीले जनाएको छ । यता चितवनको राप्ती र नारायणी नदीको दोभान गोलाघाटमा पनि एक जनाको शव भेटिएको छ ।
यस अघि हिजो गोलाघाटमा एक जना र गैडाकोट ७ गैरीमा २ जनाको शव फेला परेको थियो । उनीहरु ३ जना नै त्रिशुलीमा खसेका बसका यात्रुहरु रहेको पुष्टि भएको छ ।
त्रिशुलीमा २ वटा बस खसी वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।