नवलपरासीमा सर्प दंशबाट महिलाको मृत्यु




रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा सर्प दंशबाट एक जना महिलाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार प्रतापपुर गाउँपालिका ८ गंगापुर निवासी ३२ बर्षी महिला रुना पालको निधन भएको हो ।




उनलाई आज विहान ४ बजेतिर घरमै सुतिरहेको अवस्थामा अचानक सर्पले डसेको हो । सर्पले डसेपछि बेहोस भएका उनलाई उपचारका लागि सर्पदंश त्रिवेणाी क्याम्प लगेकोमा उपचार हुन नसकि जिल्ला अस्पताल परासी ल्यायएको थियो ।

उनलाई जिल्ला अस्पताल परासीले विहान ९ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...