सिमलताल दुर्घटनाः ९ जनाको शव फेला, ५ जनाको सनाखत




रामकुमार श्रेष्ठ –
नवलपरासी । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशुलीमा खसेको २ वटा बसका ९ जना यात्रुको शव फेला परेको छ ।

शनिबार ३ वटा र आइतबार ६ वटा गरी ९ वटा शव फेला परेको हो । शव फेला परेका मध्ये ५ जनाको सनाखत भएको छ । अहिलेसम्म नवलपुरको गैडाकोटमा ३ जना, त्रिवेणी ब्यारेजको नहरमा २ जना, पश्चिम नवलपरासीको सुस्ता ४ को १५ नम्बर ठोकरमा १ जना, चितवनको नारायणी र राप्तीको दोभान गोलाघाटमा २ जना र चितवनकै भरतपुर २६, सिसुवारमा १ जना गरी ९ जनाको शव भेटिएको छ ।



भेटिएका मध्ये ५ जना भारतको विहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ निवासी ४० बर्षीय सजाद अन्सारी, ३० बर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर, २८ बर्षीय भारतीय नागरिक ऋषि पल शाह, चितवनको माडी नगरपालिका १ निवासी २२ बर्षीय विकास परियार र सर्लाहीको बरहथवा नगरपालिका ३ निवासी १९ बर्षीय रमित कुसर माझीको सनाखत भएको छ ।

त्रिवेणी ब्याजेरजको नहरमा भेटिएका २ जना, सुस्ता ४ को १५ नम्बरमा भेटिएका १ जना र चितवनका भरतपुर महानगरपालिका २६, सिसुवारमा भेटिएका १ जनाको शव सनाखत हुन बाँकी रहेको छ ।



सम्बन्धित
Loading...