खेतमा काम गरिरहेका लामा गैंडाको आक्रमणबाट घाईते

भरतपुर ।
खेतमा काम गरिरहेका साइला भन्ने मिलन लामालाई गैंडाले आक्रमण गरेको छ।
बुधबार विहान चितवनको माडी नगरपालिका – ८, खरकटा मुल सडक बाट ३०० मिटर दक्षिण स्थित स्थानीय रामचन्द्र ढाकालको खेतमा काम गरिरहेका साइलालाई गैंडाले आक्रमण गरेको हो ।
४० वर्षका उनको गौंडाको आक्रमण बाट छातीको बायाँ पट्टी गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।
सिन्धुली घर भएका उनी शिवद्वार स्थित मगर होमिस्टेमा काम गर्दै आएका थिए ।