चन्द्रागिरी केबलकारमा अड्किएका २५० यात्रुको डेढ घण्टापछि उद्धार




काठमाडौँ । चन्द्रागिरी केबलकारमा अड्किएका २५० जना यात्रुको उद्धार गरिएको छ ।

करिब डेढ घण्टा अड्किएका यात्रुलाई केही समयअघिमात्रै उद्धार गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले जनाकारी दिए ।



केबलकारकै डिब्बामा अड्किएका आठ जनालाई प्रहरीले भर्‍याङ लगाएर उद्धार गरेको थियो । बाँकीलाई भने केबलकारकै चक्का घुमाएर उद्धार गरिएको हो ।



सम्बन्धित
Loading...