नवलपरासीमा खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने
गौरीशंकर जयसवाल –
परासी । पश्चिम नवलपरासीमा खुल्ला म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।प्रोग्रेसिभ इन्जिनियर एसोसियसन नेपाल,नवलपरासीको आयोजनामा खुल्ला म्याराथन प्रतियोगिता हुने भएको हो ।
६२ओै ईन्जिनियरीड दिवसको अवसरमा खुल्ला म्याराथन दौड प्रतियोगिता गर्न लागेको पिनका उपाध्यक्ष सुर्वण न्यौपानेले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
प्रोग्रेसिभ इन्जिनियर एसोसियसन नेपाल,नवलपरासीको ६२ ओै इन्जिनियरिङ दिवसको अवसरमा भोली बिहीबार खुल्ला म्याराथुन दौड आयोजना गर्ने भएको छ। रामग्रामको बुद्वचोकदेखि बिहान ८ः३० बजे सुरू भई ९ः३० बजे रामग्राम स्तुपामा समापन हुने प्रोग्रेसिभ इन्जिनियर एसोसियसन नेपाल,नवलपरासीका अध्यक्ष राजु ढकालले जानकारी दिए ।
पिन नवलपरासीले समाजमा सामाजिक वातावरण, शैक्षिक स्वास्थ, खेलकुद लगाएतका कार्यहरू गर्दै इन्जिनियरहरूको हकहितको लागि आवाज उठाउदै आएको छ ।
यो पटक पनि ६२ ओैँ इन्जिनियरिङ दिवसको अवसरमा आयोजना गरिएको खुल्ला म्याराथुनको मुख्य उदेश्य युवाहरूको सम्मान, स्वास्थ र फिटनेसको प्रवर्द्धन र समुदायमा सकारात्मक उर्जा फैलाउनुको साथै पर्यटन विकास र रामग्राममा रहेको स्तुपाको अन्तर्राष्ट्रिय उजागर गर्नु रहेको छ ।
प्रतियोगितामा सबै उमेर समुहका व्यक्तिहरूलाई सहभागी गराइने र प्रथम हुनेलाई नगद रू. १० हजार, सिल्ड,द्वितीय हुनेलाई नगद रू. ५ हजार सिल्ड र तृतीय हुनेलाई नगद रू.. ३ हजार र सिल्ड रहने अध्यक्ष ढकालले बताए ।
पिनको आगामी कार्यक्रममा प्रकोप न्यूनीकरणमा इन्जिनियरहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम रहने उपाध्यक्ष सुवर्ण न्यौपानेले बताए ।