सर्पदंशबाट एक किशोरीको मृत्यु
३ साउन । दाङमा सर्पदंशबाट एक किशोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–१ कटबेरुवाकी १६ वर्षीया सुस्मिता रोकाको मृत्यु भएको हो ।
रोकालाई आफ्नै घरको सुत्ने कोठामा सुतिरहेको समयमा बुधबार बेलुकीपख दाहिने हातमा विषालु सर्पले डसेको थियो । त्यसपछि उनलाई उपचारका लागि गढवा स्वास्थ्य उपशाखाको सर्पदंश केन्द्रमा उपचारका लागि पुर्याइएको थियो ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भनेर राति ९ बजेतिर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।