क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

भरतपुर । विपी कोइराला मेमोरयिल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइराला आइतबार घुससहित पक्राउ परेकी छिन् ।
उनलाई नगद १ लाख पचास हजार र ४ लाख पचास हजारको चेक सहित भरतपुर–४ कटहर चोकबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।
औषधि आपूर्तिको रकम भुक्तानी दिए वापत घुस लिएको आरोपमा अख्तियारले रङ्गेहात पक्राउ गरेको हो ।